६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

को हुन ! एनएमएमा महासचिवका उम्मेदवार ‘विमल नहर्की’



काठमाडौं । विमल नहर्की, नेपालको पर्यटन क्षेत्रमा करिब चार दशकभन्दा बढी अनुभव भएका एक प्रतिष्ठित तथा दृढ व्यक्तित्व हुन् ।

उहाँको जन्म धादिङ जिल्लाको सिदलेखक गाउँपालिका–२ मा वि.सं. २०२६ सालमा भएको हो। पर्यटन क्षेत्रमा उहाँको सक्रियता सन् १९८६ देखि होटल व्यवसायबाट शुरु भएर १९९२ देखि पर्वतीय पर्यटनसम्म फैलिएको छ ।

पोखरामा रहेको ‘टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा’ र ‘होटल पोखरा बाटिका’ संचालन गर्दै, नहर्कीले पर्यटन क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै आएको छ ।

सन् १९९२ मा स्थापित ‘इको ट्रेक नेपाल’ मार्फत उहाँले नेपालको हिमाली क्षेत्रहरूको पर्यटन प्रवद्र्धनमा विशिष्ट भूमिका निर्वाह गर्नुभएको छ।

पर्वतीय पर्यटन क्षेत्रको समग्र विकासका लागि उहाँ कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष समेत हुनुहुन्छ । कैलाश–मानसरोवर यात्रा प्रवद्र्धनमा उहाँको सक्रिय नेतृत्वले राष्ट्रिय पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।

हाल, नहर्की नेपाल पर्वतारोहण संघको महासचिव पदका लागि उम्मेदवारी दिनु भएको छ । कुल बहादुर गुरुङको टिमबाट उहाँले उम्मेदवारी घोषाण गर्नु भएको हो । उहाँको उम्मेदवारी पर्वतीय पर्यटनको दीगो विकास र व्यवस्थापनमा नवीन दृष्टिकोण र समर्पित नेतृत्वको प्रतिवद्धता बोकेको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८२, शनिबार ००:००  २ : ३८ बजे