गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सञ्चालन गरेको ७ दिनको तालिम समापन भएको छ । आयोजनाको कार्यालय सिङ्गटीमा भएको तालिम शुक्रबार समापन भएको हो ।
मंसिर २८ गतेदेखि सुरु भएको तालिममा दोलखाका १५ जना र सिन्धुपाल्चोकको ५ जना गरी २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

गौरीशंकर संरक्षण क्षेत्रका आयोजना प्रमुख तुलसी प्रसाद दाहालले यो तालिम पर्यटन प्रवद्र्धन र प्रकृति गाइडहरुका लागि प्रभावकारी रहेको जानकारी दिए ।


