वर्ल्ड ट्रेल मेजर्स २०२५ अन्तर्गत लामो दूरीको विश्व च्याम्पियन नेपाली अल्ट्रा धावीका सुनमाया बुढा र छोटो दूरीमा तेस्रो भएकी राममाया बुढा शनिबार थाईल्याण्डबाट स्वदेश फर्किएका छन् ।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले दुई खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
सुनमायाले थाईल्याण्ड जानुअघि दक्षिण अफ्रिकामा भएको अल्ट्रा ट्रेल केपटाउन १०० किमी दाैडमा स्वर्ण जितेकी थिईन् । त्यस दाैडको उपाधि जितेपछि सुनमाया वर्ल्ड ट्रेल मेजर्सको उपाधि जितेकी हुन् ।


