७ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025

सञ्चार मन्त्री जगदीश खरेलले गरे पदभार ग्रहण



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।

लामो समयदेखि सञ्चारकर्ममा जुटेका मन्त्री खरेल जेनजी आन्दोलनको रापतापले मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन्।

सञ्चार माध्यममा खरो प्रश्न सोधेर चर्चामा आएका मन्त्री खरेल अब आफैं जवाफ दिने ठाउँमा पुगेका छन्।

मन्त्री पदको शपथ लिनुअघि मात्रै उनले आफू कार्यरत टेलिभिजनबाट बिदा लिएका थिए।

पदभार ग्रहण गर्न मन्त्रालयमा उनी पुग्दा सञ्चार सचिवलगायत कर्मचारीहरूले स्वागत गरे।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा ५ महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्। मन्त्री खरेल दोलखाको कालिञ्चोक गाँउपालिका वडा, ७, भदौरे, सुनखानीमा जन्मिएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ००:००  १० : १२ बजे