९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

खुम्बु यम्बु शेर्पा समाजको बैठक सम्पन्न, ५० लाख सहयोग घोषणा



काठमाडौं, चैत्र ८ – खुम्बु यम्बु शेर्पा समाजको दोस्रो सल्लाहकार बैठक आइतबार काठमाडौंको बौद्धस्थित होटल टिबेटमा सम्पन्न भएको छ।

बैठकमा संस्थाअन्तर्गत रहेका शेर्पा समाजमा आवश्यक विभिन्न सुधार तथा परिवर्तनका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै संस्थाको उद्देश्यअनुसार अघि बढाइएको जेष्ठ नागरिक आवास निर्माण परियोजनालाई सफल बनाउने विषयमा पनि छलफल भएकाे छ।

सोही अवसरमा खुम्बु पासाङ ल्हामु गाउँपालिका–१, खरिखोलाका स्थायी बासिन्दा तथा हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका अंग गेलु शेर्पा ले परियोजनाका लागि रु ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँ छोटो समयमा सगरमाथा शिखर आरोहण गरी गिनिज वर्ल्ड रेकर्ड मा नाम दर्ता गराउन सफल व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

समाजका अनुसार उक्त सहयोगले शेर्पा समुदायका जेष्ठ नागरिकहरूलाई भविष्यमा पर्न सक्ने विभिन्न समस्याको समाधान तथा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

समाजका अध्यक्ष कामी रिन्जी शेर्पाले दाताको सामाजिक भावना र उदार सहयोगप्रति कदर व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ। साथै उहाँको आगामी जीवन अझै सफल, सुखद र समृद्ध रहोस् भन्ने कामना पनि गरिएको छ।

#GuinnessWorldRecords

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार ००:००  २ : ४० बजे