१ मंसिर २०८२, आइतबार | Mon Nov 17 2025

पर्यटन प्रवर्दनका लागि ‘घुमौं रुविभ्याली’ सार्वजनिक



काठमाडौं । धादिङ जिल्लाको पर्यटकीय गन्तव्य रुविभ्यालीको प्रवर्दनका लागि ‘घुमौं रुविभ्याली’ म्युजिक भिडियो बजारमा ल्याएका छन् । पर्यटन व्यवसायी राम प्रसाद सापकोटाद्वारा लेखिएको सो गीतको भिडियो सोमबार सार्वजनिक गरिएका हुन् ।

साहित्यकार डा.नवराज लम्सालले सो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा पाङसाङ पास, गणेश हिमालको श्रृंखला र बोराङ क्षेत्रको दृश्य हेर्न सकिन्छ । यस क्षेत्रको प्राकृतिक, धार्मिक तथा परम्रागत विषयलाई भिडियो समावेश गरिएको छ ।
सो भिडियोमा सगुन थापा, सुधिर श्रेष्ठले अभिनय गरेका छन् ।

कार्यक्रममा धादिङ क्षेत्रका पर्यटन व्यवसायीहरुको बाक्लो सहभगिता रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार ००:००  ८ : ५२ बजे