३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

अनिलकुमार सिन्हाले सम्हाले पर्यटन मन्त्रालय



काठमाडौं । अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सिन्हाले आइतबार पदभारसँगै मन्त्रालय सम्हालेका हुन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा मौजुदा मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेकी थिइन्।

सिन्हाले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार ००:००  ६ : १४ बजे