काठमाडौं । पाख्रिन तामाङ समाजको तेस्रो राष्ट्रिय अधिवेशन सिन्धुपाल्चोकको थाङपालकोटमा हुने भएको छ । देशभरिका पाख्रिन वंशजहरुको छाता संस्था पाख्रिन समाजले यही पुष ११ गते राष्ट्रिय अधिवेशन गर्न लागेको हो ।
पाख्रिन समाजका अध्यक्ष शुक्र पाख्रिनले अधिवेशनको तयारी तिव्र गतिमा भइरहेको जानकारी दिए । उनका अनुसार देशैभरिका एक हजारभन्दा धेरै पाख्रिन प्रनिनिधहरु सो अधिवेशनमा सहभागी हुने छन् ।
जिल्ला जिल्लाबाट प्रतिनिधि छनौट कार्य भइरहेको पाख्रिन समाजले जनाएको छ । यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।


