२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

तीन वर्षे वारिन्टी सहित फोर्ड एन्डेभरको नयाँ संस्करण



काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । फोर्डले बीएस-६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४x४ टाइटेनियम प्लस भेरियन्ट नेपाल भित्र्याएको हो ।

यो कार डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेको छ । जसको प्रारम्भिक मूल्य एक करोड ४९ लाख रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।

विश्वको पहिलो १०-स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपर खापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।

कम्पनीका अनुसार यस कारको उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कमगर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार ००:००  ७ : ३८ बजे