ललितपुर । तीन दिने डकुमेन्ट्री तथा छोटो चलचित्र निर्माण तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समितिको आयोजनामा सो तालिम सञ्चालन भएको हो ।
माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको तालिममा राजेश गोंगःजुले प्रशिक्षण दिएका थिए । कार्यक्रमको संयोजक कलाकार समितिका सुरजवीर बज्राचार्यले गरेका थिए ।
ललितपुर महानगर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले सो तालिमका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेका थिए । चलचित्र क्षेत्रमा क्रियाशिल चलचित्रकर्मी, इच्छुक पत्रकार, युट्युबर तथा युवा पुस्तालाई लक्षित गरेर सो तालिम आयोजना गरिएको अध्यक्ष शाक्यले जानकारी दिए ।
तालिममा विभिन्न क्षेत्रका २५ जना सहभागी भएको आयोजकले जनाएको छ ।





