१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

आँबुखैरेनी मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु(फोटो फिचर)



आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्ग किनारमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्र को जलाशयमा मोटरबोट सेवा सुरु गरेको छ। यससँगै उक्त क्षेत्र घुम्न आउने पर्यटकका लागि नयाँ आकर्षण थपिएको हाे।

गाउँपालिका अध्यक्ष शुक्र चुमान ले मोटरबोट सञ्चालनले आँबुखैरेनीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्ने बताए । उनले यसबाट स्थानीय व्यवसाय र रोजगारीमा पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्।

अब पर्यटकहरूले जलाशयमा मोटरबोट चढेर वरपरका सुन्दर दृश्य सजिलै अवलोकन गर्न सक्नेछन्। यसले यहाँ आउने पर्यटकको बसाइ समय पनि बढाउने अपेक्षा गरिएको छ।

गाउँपालिकाले मोटरबोट सञ्चालन गर्दा सुरक्षामा विशेष ध्यान दिएको जनाएको छ। यात्रुका लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ भने चालकलाई आवश्यक तालिम दिइएको छ।

स्थानीय व्यवसायीहरूले पनि यो कदमको स्वागत गरेका छन्। गाउँपालिकाले आगामी दिनमा यस क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउन थप काम गर्ने जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार ००:००  १२ : ५७ बजे