६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

यसकारण बन्दैछ भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज



भारतीय पर्यटकहरुका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरुले बताएका छन् ।

केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा सीमा नाकामा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानु जस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरु बताउँछन् ।

भारतीयहरुलाई पर्यटकको रुपमा नै नहेर्ने लगायतका कारणले उनीहरुको भ्रमण रोजाइमा नेपाल परे पनि पछिल्ला दिनमा असहजता महसुस गर्दै गएको एसोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्सका महासचिव कौशल शर्माले बताए ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा भारतीय पर्यटककै छ । यो समाचार आजको कारोबार दैनिकमा मनोरञ्जन शर्माले लेखेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहिबार ००:००  ७ : ५३ बजे