२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सोनाम ल्होछारको तयारी अन्तिम चरणमा



काठमाडौं । राष्ट्रिय सोनाम ल्होछार २८६२ को तयारी अन्तिम चरणमा पुगेको छ । साथै, ल्होछारमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री सुशीला कार्की आउने घेदुङले जनाएको छ ।

नेपाल तामाङ घेदुङले शनिबार पत्रकार सम्मेलन गर्दै यस वर्षको सोनाम ल्होछार समारोहको (ता अर्थात घोडावर्ष) तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

माघ ४ र ५ गते टुडिखेलमा हुने ल्होछार समारोहको विषयमा घेदुङका संघीय अध्यक्ष मोहन गोलेले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । यस वर्ष पनि ताम्बा, बोम्बो, लामा, झाँक्रिसहित र्याली हुने अध्यक्ष गोलेको भनाई थियो ।

घेदुङका महासचिव जगतमान दोङले विगतमा झै यस वर्ष पनि टुडिखेलमा भव्य ल्होछारको तयारी गरीएको जानकारी दिदै विभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको जाकारी दिए ।

ल्होछार आयोजनाको लागि १०१ संस्था आयोजनक रहेको घेदुङले जनाएको छ । राष्ट्रिय घेदुङका अध्यक्ष वीर बहादुर योञ्जनले ल्होछारलाई उत्सव र पर्वको रुपमा टुडिखेलमा मान्दै आएको बताए ।

ल्होछारमा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार ००:००  ५ : ५० बजे