चरिकोट । चरिकोटमा राष्ट्रिय पर्व सोनाम ल्होछारलाई भव्य रुपमा मनाउने भएको छ । चरिघ्याङ्ग गुम्बा व्यवस्थापन समितिको आयोजनामा माघ ३ गते चरिकोटको सातदोबाटोमा ल्होछार मनाउने भएको हो ।
मनजुश्री सम्बत २८६२ को सोनाम ल्होछार तामाङ समुदायको मौलिक पहिचान, संस्कार र सांस्कृतिक एकताको प्रतीक भएकाले यस वर्ष विशेष साँस्कृतिक समारोह हुने कार्यक्रम संयोजक दावा लामाको भनाइ छ ।
कार्यक्रममा रोज मोक्तान, अभिनेता आमिर दोङ, मोडेल याङ्गी दोङ, तथा सुबास मोक्तान, प्रतिक मोक्तान, सानु बाबु घिसिङ, मिन योञ्जन, र कोपिला वाइबा लगाएतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


