४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

४ महिनापछि टरिगाउँ विमानस्थलमा पुनः उडान सुरु



तुलसीपुरको टरीगाउँ विमानस्थलमा चार महिनापछि पुनः उडान सुरु भएको छ । यात्रु अभावका कारण बन्द भएको टरिगाउँ एरपोर्टमा साताको तीनदिन दाङ-काठमाडौं उडान हुने भएको हो ।

नेपाल वायुसेवा निगमले ट्वीनअटर जहाजमार्फत सो विमानस्थलमा नियिमत उडान भर्ने भएको हो । यसअघि निगमले यात्रु नहुँदा नियमित उडान भर्न नसकेको भन्दै उडान प्रभावित भएको थियो । निगमको १९ सिटे ट्वीनअटर हप्तामा ४ दिन दाङ-काठमाडौं उडान भर्दै आएको थियो ।

अब भने आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने नागरिक उड्डयन कार्यालय तुलसीपुरका प्रमुख चेतराज भट्टले जानकारी दिए ।

सातामा तीन दिन मात्रै उडान हुने भनिए पनि मौसम तथा अन्य कारणले गर्दा कहिलेकाहीं उडान प्रभावित हुन सक्ने उनले बताए । उनले यात्रुहरुको अभावका कारण नियमित उडानमा समस्या हुने गरेको बताए ।

जिल्लामा नियमित उडान नहुँदा यात्रुहरु भैरहवा तथा नेपालगंज पुगेर काठमाडौं जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ००:००  २ : १६ बजे