३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

गौरीशंकरको मार्बुमा आनी छोइङ डोल्मा आउने



चरिकोट । गौरींशकरण गाउँपालिका ७ मा निर्माण गरीएको छम्बा र यार्जाङ गुम्बा उद्घाटन समारोहमा प्रसिद्ध गायिका आनी छ्योइङ डोल्मा आउने भएकी छिन् ।

गौरीशंकर गापाको मार्बुमा निर्माण गरिएको छम्बा गुम्बा माघ २७ गते भव्य समारोहबीच उद्घाटन हुँदै छ।

गुम्बा उद्घाटन समारोहपछि हुने साँस्कृतिक कार्यक्रममा आनीको प्रस्तुती रहने गुम्बाका प्रमुख लामा खेन्पो पेम छिरीङ शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ००:००  ४ : ३८ बजे