३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

कतार एयरको जहाज ‘ओभरसुट’



काठमाडौँ।कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७:१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए।

लगातार वर्षाका कारणले कतार एअरको जहाजले ल्यान्ड गर्ने समयमा कम भिजिबिलिटीका कारण रनवे नदेखेपछि ओभरसुट गरेको झाले बताए।

‘यो एउटा प्रक्रिया हो, भिजिबिलिटी कमजोर भएको बेलामा भइरहन्छ,’उनले भने। यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।

अहिले उक्त जहाज ल्यान्ड भइसकेको प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ००:००  १२ : ३२ बजे