१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024

सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढे



काठमाडौँ।चिसो बढेसगै खुम्बु क्षेत्रबाट फर्किने पर्यटकहरुको संख्या बढ्न थालेको छ । तापक्रम निरन्तर घटेसँगै खुम्बु भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

दुई दिनमा करिब २ सय जना पर्यटक बाहिरिदा त्यसको आधा जतिमात्रै खुम्बु भित्रिएको प्राधिकरणले जनाएको छ । खुम्बुबाट फर्किने मानिसहरुको चाप बढेसँगै हवाई जहाजको टिकट काउन्टरहरुमा टिकट लिनेहरुको चाप बढेको बताइएको छ ।

काठमाण्डौबाट आउनेहरु न्यून भएपनि लुक्लाबाट फर्किनेहरु भने उल्लेखनिय रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । यस्तै हेलिकप्टर मार्फत पनि पर्यटकहरु फर्किरहेका छन् । यस सिजनमा खुम्बु भ्रमण गर्नेहरु बढी जसो बिदेशीहरु नै भएकाले विमानस्थलमा काठमाण्डौ फर्किनेहरु अधिकांश विदेशी नागरिकहरु नै रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार ००:००  २ : ३९ बजे