१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

आरोहणका लागि १ हजार ३२९ ले लिए अनुमति



काठमाडौँ। शरद ऋतुमा हिमाल आरोहणका लागि १ हजार ३२९ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार मंसिर २२ सम्म स्वदेशी तथा विदेशी गरी १७२ समूहका १ हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका छन् ।

सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिएका छन् । अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

त्यस्तै मनास्लु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  १२ : ३६ बजे