६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पद्म सम्भवको प्राणप्रतिष्ठा गरिने तयारी अन्तिम चरणमा(फोटो फिचर)



चरिकोट । भीमेश्वर नगरपालिका ६ नं. वडा चोथाङमा निर्माण भएको गुरु रेम्बोर्छे(पद्म सम्भव) को मुर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

पद्म सम्भवको मुर्ति निर्माणस्थलमा लुङदर, धर्जु लगाएतको सा सज्जावटको कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष नविन लामाले जानकारी दिए ।

वडा नं. ६ वडा कार्यालयको आयोजनमा बिहीबार बौद्धधर्म गुरु उर्गेन छ्योङ घेसे डोल्पो टुल्कु रिन्पोर्छेले पुजासहित पदमसम्भवको प्राणप्रतिष्ठा गरिने भएको हो ।

सो कार्यक्रममा खेन्पो सोनम छिरिङ तामाङ, खेन्पो मिग्मार लामा अन्य लामा गुरुहरुको समेत उपस्थिति रहने छ ।

तस्बिर:अर्जुन पाख्रिन

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार ००:००  २ : १२ बजे