काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू फसेका छन्।
बुधबार दिउँसो साढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केलबकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अन्दाजी ५० देखि ६० जना केबलकारमा फसेका छन्। यसरी फसेको खबरपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा खटिएका छन्।
टावर नजिक भएका ८ जनाको उद्धार भएको एसपी अधिकारीले बताए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार साढे २ बजे खबर भएपछि ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुबाट २६ जनाको टोली खटिएको छ।
७-८ वटा डिब्बामा यात्रुहरू फसेको सह प्रवक्ता डिएसपी थापाले बताए। केबलकारमा यकिन कतिजना छन् भन्ने खुलेको छैन।