२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

तीस वर्षदेखि निर्यात क्षेत्रमा ईश्वर गुरुङ (भिडियो)



काठमाडौं, कार्तिक ८ । ईश्वर गुरुङ, कार्गो क्षेत्रमा प्रभावशाली व्यवसायी हुन् । गुरुङ, तीन दशकदेखि यस क्षेत्रमा सक्रिय छन् । उनले तीन वटा कम्पनी मार्फत नेपालको कृषि उत्पादन, ड्राइ आइट, ह्यान्डीक्राप्ट लगाएतका सामाग्री विश्व बजारमा प्रवद्र्धन तथा बिक्री वितरण गर्ने गरेका छन् ।

तीन दशकमा उनले थुप्रै अनुभवहरु बटुलेका छन् । गुरुङले कतार, कुवेत, युके, सुडान, अष्ट्रलिया लगाएतका अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अर्गानिक कृषिजन्य उन्पादन, तरकारीकोसाथै ह्यान्डीक्राप्त सामाग्री निर्यात गर्दै आएका छन् । अहिले उनी तिहार लक्षित फूलमाला, फलफूल र तरकारी पठाइरहेका छन् ।

नेपालको उत्पादन, प्रवर्दन, अन्तर्राष्ट्रिय बजार र संकट र सम्भावनाहरुको अनगिन्ती अनुभव बटुलेका गुरुङले तीन वटा कम्पनी सञ्चालन गरेकाछन् । उनी नेपाल उद्योग संघका महासचिव, नेपाल उद्योग बाणिज्य संघको निर्यात प्रवद्र्धन समितिका सदस्य, नेपाल फ्रेट फर्वाडस् एसोसिएशनका सचिव, तमु ओभरसेस टे«ेड एड एक्सपोर्टसका सञ्चालक, सेक्युर फ्रेट इन्टरनेशनल प्रा लिका प्रबन्ध निर्देशक समेत हुन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार ००:००  ८ : ४८ बजे