८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कलाकार खेम मोक्तानको ‘हाम्रो त आखे’ सार्वजनिक



काठमाडौं । कलाकार खेम मोक्तानले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘हाम्रो त आखे’ गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका हुन् ।

तामाङ गीत लेखनमा अब्बल रहेका कुमार स्याङबाद्धारा लिखित उक्त गीतमा वरिष्ठ कलाकार चन्द्र कुमार दोङले संगीत गरेका छन् । गीतमा खेम मोक्तान आफैले स्वर दिएका छन् ।

उक्त म्युजिक भिडियोमा कृष्णा वाईवा, प्रतिमा लामा र खेम मोक्तान आफैले अभिनय गरेका छन् । साथै चन्द्रमाया बम्जन र कुइसाङ रुम्बाले समेत अभिनय गरेका छन् ।

तामाङ कलाकार संघका कोषाध्यक्ष समेत रहेका मोक्तान युवा पुस्तामाझ निकै लोकप्रिय रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार ००:००  ८ : २१ बजे