६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा



काठमाडौँ । राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान घोषणा गरेको छ । बुधबार चलचित्र बिकास बोर्डमा चलचित्र पत्रकार संघ नेपालले एक कार्यक्रम आयोजना गरी सो सम्मान घोषणा गरेका हुन् ।

आगामी जेष्ठ ७ गते वितरण गर्ने गरि घोषणा गरिएको रजत सम्मानको राशी ५५ हजार ५ सय ५५ रहेको संघका अध्यक्ष समीर बलामीले जानकारी दिए । ‘संघले यही जेठ ८ गतेबाट २४ वर्ष पुरा गरी २५ वर्षमा लाग्नेछ‚ सोही अवसरमा सो पुरस्कार प्रदान गरिनेछ ।‚ अध्यक्ष बलामीले भने‚ ‘करिब डेढ दशकदेखि साढे २ दशकसम्म चलचित्र क्षेत्रमा पेशागत पत्रकारितामार्फत कलम चलाइरहेका पत्रकारलाई सो पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।’

यस्तै सोही कार्यक्रममा सधैं झै वितरण गरिने पुरस्कारहरु पनि वितरण गरिनेछ । यसैगरी नयाँ वर्षको शुभकामना आदानप्रदानसहित आयोजित कार्यक्रममा चलचित्र क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई मानार्थ सदस्य वितरण गरिनेसमेत जनाएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी‚ नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल‚ चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का लगायका अतिथिहरुको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ००:००  ४ : ४५ बजे