२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा पर्यटकलाई स्वागत



काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदामा सुचिकृत बौद्ध घुम्न आएका विदेशी पर्यटकहरुलाई स्वागत गरेका छन् ।

४४ विश्व पर्यटन दिवसको अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको टिमले विभिन्न देशका नागरिकहरुलाई खादाद्धारा स्वागत गरेका हुन् ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ पर्यटन दिवस मनाइएको हो ।

बौद्ध महाचैत्य अवलोकनका लागि आएका प्रथम दश जना पर्यटकहरुलाई प्रवेश निशुल्क समेत गरेको समितिका अध्यक्ष लामाले जानकारी दिए ।

स्वागत कार्यक्रममा समितिका पदाधिकारीहरु रग्वा शेर्पा, सैलेश श्रेष्ठ, सुरज रुम्बा, पशुपतिनाथ (श्याम)खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार ००:००  १० : ०७ बजे