४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपालमा अन्तर्राष्ट्रिय टुरिजम एक्स्पो हुने



काठमाडौं। नेपालमा इन्टरनेसनल टुरिजम एक्स्पो आयोजना हुने भएको छ।

निजी क्षेत्रबाट आयोजना हुने यो एक्स्पो पहिलो र ठुलो हुने बताइएको छ। समिट इभेन्ट एण्ड मार्केटले आगामी मे ३१ देखि जुन १ तारिखमा भृकुटीमण्डपमा दुई दिने एक्स्पो आयोजना गर्न लागेको हो।

आइतबार पर्यटन व्यवसायीहरूसँग छलफल गर्दै समिटले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको समिट इभेन्टका संस्थापक विष्णु पाण्डेले बताए। उनका अनुसार एक्स्पोमा ग्लोबल नेटवर्किङसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, दीगो विकास र पर्यटन विषयमा छलफल गरिनेछ।

एक्स्पोको पहिलो दिन पर्यटन व्यवसाय र दीगो विकासका साथै ‘माइस एण्ड हेल्थ टुरिजम’को विषयमा बहस हुनेछ। दोस्रो दिन ‘पर्यटन क्षेत्रमा विकास हुँदै गइरहेका प्रविधि र चुनौती’का विषयमा छलफल हुनेछ।

निजी क्षेत्रको सक्रियतामा पहिलो पटक अन्तर्राष्ट्रिय टुरिजम एक्स्पो आयोजनाले नेपालको पर्यटनमा थप उत्साह ल्याउनेमा व्यवसायीहरू सकारात्मक छन्।

एक्स्पो आयोजकलाई सुझाव दिँदै सम्बन्धित विभिन्न संघ संस्थाहरूले पहिलो पटक हुन गइरहेको एक्स्पोको निरन्तरताका लागि शुभकामना दिँदै प्रवर्द्धनका लागि हातेमालो गर्नुपर्ने बताए।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार ००:००  ११ : ४५ बजे