१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

माउन्टेनेरिङका विद्यार्थी अध्ययन र आरोहणका लागि मेरा पिक(फोटो फिचर)



नेपाल माउन्टेण्ड एकेडेमीका विद्यार्थीहरुले मेरा पिक क्षेत्रको भौगलिक अध्ययनसँगै पिक आरोहण प्रयाक्टिल गर्ने भएको छ ।
सोलुखुम्बु जिल्लामा पर्ने मेरा पिकको ट्रेकिङ रुट, वातावरणीय प्रभाव, विकाससँगै रुटमा देखिएको समस्या र हिमालय आरोहणको अनुभवसहितको प्रयाक्टिकल कोर्ष गर्न अध्ययन गर्न मेरा पिक हिडेका हुन् ।

नेपाल माउन्टेण्ड एकेडेमीको व्याचलर अफ माउन्टेनेरिङ स्टडिज (वीएमएस)का पहिलो ब्याजका १९ विद्यार्थी मेरा पिक क्षेत्र अध्ययनका लागि अहिले सोलु पुगिसकेका छन् ।

एकेडेमीका अध्यक्ष लाक्फुटि शेर्पाले वीएमएसको कोर्ष अनुसार विद्यार्थीहरु रिसर्च एण्ड पिक आरोहणका लागि मेरा पिक क्षेत्र गएको जानकारी दिइन । उनीहरुको २७ दिने यात्रामा हिमालय क्षेत्रको अनुभव र प्रयाक्टिकल कोर्ष पुरा हुने अध्यक्ष शर्पाले बताइन ।

सो टिमका संयोजक तथा माउन्टेनेरिङ गाइड छिरिङ जाङबु शेर्पा छन् । यो टिमले यहाँको हावापानी, जडिबुटि, जलवायु परिवर्तन, ग्लेसियर, हिमपोखरीसँगै पिक आरोहणको अध्ययन पुरा गर्ने संयोजक शेर्पाको भनाइ छ ।

टिममा सहभागी एकेडेमीका प्राफेसर बसन्त पौडेलले भौगलिक क्षेत्रको विषयमा विफ्रिङ गर्ने बताइएको छ । साथै माउन्टेण्ड गाइडमा लाक्पा राङडु शर्पा र हरे राम खड्का रहेका छन् । शुक्रबार मकालु बरुण राष्ट्रिय निकुञ्ज प्रवेश गरेको यो टिम साँझसम्म चोले पुगेर बस्ने टिम लिडर छिरिङ जाङबु शेर्पाले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार ००:००  १ : ५१ बजे