९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023

आर्थिक पत्रकारहरुको कोरोना वीमा



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल). लिमीटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो ।

सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना वीमा गराएको छ । बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ ।
युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, वीमा अग्नी वीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी वीमा लगाएतका वीमा लेखहरु जारी गर्दै आएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार ००:००  ५ : १२ बजे